site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अनिता केसीले प्रीतिको स्थानमा आई लिग खेल्ने 

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छन् ।

प्रीति भारतीय आई लिगमा किक स्टार्समा अनुबन्ध थिइन् । घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

Dabur Nepal
NIC Asia

किक स्टार्सले खेल्न बाँकी तीन खेलमा अनिता रहनेछिन् । अनिताले पहिलोपटक आई लिग खेल्न उत्साहित रहेको बताइन् ।

“पहिलोपटक आई लिग खेल्ने अवसर पाएको छु, त्यसको लागि निकै उत्साहित छु,” अनिताले भनिन्, “प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।”

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मीकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा आबद्ध छन् । रश्मी र अमृता स्पोर्ट्स उडिसामा आबद्ध छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro