site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टुँडिखेलमा नेपाली सेनाको हर्षबढाइँ

काठमाडौं । नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोपबढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी २६१औँ स्थापना दिवस मनाएको हो ।

सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्री र उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

सेनाले विशेष कला प्रदर्शनी समेत गरेको थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे ।

हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । परेड (शस्त्राभ्यास) तथा तोपबढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम गरियो ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न छ । शान्ति स्थापनाका निम्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्छ । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro