site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– शिवरात्रिका दिन पानी पर्छ ?
SkywellSkywell

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

KFC Island Ad
NIC Asia

विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

Royal Enfield Island Ad

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

“आज कुनै पनि प्रदेशमा पानी पर्ने सम्भावना छैन । अझै तीनचार दिनसम्म वर्षाको सम्भावना छैन,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “केही दिन मौसम सुक्खा नै रहनेछ ।” 

आज शिवरात्रि पर्व, आजको दिन वर्षा हुन्छ भन्ने जनविश्वास छ । यसमा सत्यता छ भन्ने प्रश्नमा मौसमविद् अधिकारी भन्छन्, “शिवरात्रिको दिन पानी पर्छ नै भन्ने हुँदैन । यो जनविश्वास मात्रै हो । यो कुनै अध्ययनले पुष्टि गरेको कुरा होइन ।” 

शिवरात्रिको दिन पानी पर्नु संयोग मात्रै भएको उनी बताउँछन् । “शिवरात्रिको दिन पानी पर्‍यो भने त्यो कोइन्सिडेन्स मात्रै हो । कतिपय वर्षमा यो दिन पानी परेकाले शिवरात्रिका दिन पानी पर्छ भन्ने भनाइ चल्दै आएको होला । कुनै अध्ययनले यस कारण यो दिन पानी पर्छ भनेर देखाएको छैन,” मौसमविद् अधिकारी भन्छन्, “कतिपय वर्ष आजका दिनमा वर्षा भएको छ । तर त्यो संयोग मात्रै हो । पछिल्ला केही वर्षहरूको नै अध्ययन गर्ने हो भने शिवरात्रिका दिन वर्षा भएको छैन । त्यसैले यसमा कुनै वैज्ञानिक कारण छैन । आज काठमाडौं सुक्खा हुने देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro