site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'राष्ट्रियसभा बुढापाका थन्क्याउने सभा भनेर चर्चा छ, हामीले खण्डित गर्न सक्नुपर्छ'

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले राष्ट्रियसभालाई 'वृद्धहरूको सभा' भन्ने भाष्यलाई कानुन निर्माण र कामले गलत सावित गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा उनले यस पटकको सभामा केही नाम चलेका सदस्यहरू पनि आएको भन्दै सभाको गरिमा झनै थपिएको अनुभूति भएको बताए ।

उनले राष्ट्रियसभा विधायकी अभ्यासमा 'चेक एन्ड ब्यालेन्स'का लागि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने थलो भएको बताए । प्रतिनिधिसभाबाट आएका विधेयकहरू कानुन निर्माणको सन्दर्भमा आएका विधेयकहरू छलफल गर्ने सन्दर्भमा केही समस्या भए राष्ट्रियसभाले सच्याउनुपर्ने उनको भनाइ छ ।

"यसपटक यस सभामा मैले चिनेका, नाम सुनेका, चलेका मान्यज्यूहरू पनि आउनुभएको छ । त्यसैले गर्दा यसबाट यो सभाको गरिमा माथि उठेको छ भन्ने लागेको छ । यो सभालाई पटक पटक बुढापाकाहरू थन्क्याउने सभा भयो भन्ने चर्चा पनि चलेको छ । त्यसलाई यो सभामा खेलेको भूमिकाबाट त्यो कुरालाई हामीले खण्डित गर्न सक्नुपर्छ," दाहालले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro