site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीबारे कांग्रेसले प्रस्तुत गर्‍यो यस्तो तर्क 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक बेइमानी गरेको भन्दै संसद्‌मा आधार प्रस्तुत गरेको छ । कांगेसका प्रमुख सचेतक रमेश लेखकले विशेष परिस्थितिमा बनेको गठबन्धन त्यसको औचित्य पूरा नहुँदै हठात् तोड्नुले प्रधानमन्त्रीले विश्वासघात गरेको बताए ।

“हामीले विशेष परिस्थितिमा गठबन्धन बनाएका थियौँ । जसमा कांग्रेस सामेल थियो । संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्था, संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासमा हाम्रो साझा सहमति बनेका थियो,” लेखकले भने, “विगतका सहमतिलाई निरन्तरता दिँदै निर्वाचनमा गयौँ र यसैका मार्फत संविधानको रक्षा, स्थिरता र सुशासनसहित संविधानको रक्षाको बचन जनतालाई दिएका थियौँ । जनताका माझमा कसम खाएका थियौँ । त्यसपछि हामी संसद्‌मा प्रदेशसभामा हाम्रा प्रतिबद्धता पुरा गर्नेगरी सहकार्य गर्यौं । कांग्रेसले इमान्दरिताका साथ, निष्ठाका साथ प्रतिबद्धताका साथ पालना गरेका थियौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले त्यसविपरीत प्रधानमन्त्रीबाट गठबन्धनका मान्यताविपरीत देखिएको बताए । “पछिल्लो समय के देखियो भने गठबन्धनका मूल्य मान्यता एकातिर छन्– गठबन्धनको विश्वास नै संकटमा पार्ने गतिविधि अर्कैतिर भएका छन्,” लेखकले भने । उनले प्रधानमन्त्रीले संसद्‌मा बोल्ने क्रममा केहीबेरअघि व्यक्तिगत सम्बन्ध र सम्मान रहेका भनाइमा सहमत रहेको भन्दै आफ्नो पनि व्यक्तिगत सम्मानमा कुनै कमी नभएको बताए ।

“मेरो पनि यो सदनका सबै नेता र सांसदहरूप्रति सम्मान र सद्भाव छ । तर, राजनीति व्यक्तिगत सद्भावले मात्र चल्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनका मूल्य मान्यतालाई भत्काएर, विश्वास तोडेर गठबन्धन तोड्नुभएको छ,” लेखकले भने, “यो नेपाली कांग्रेसमाथि विश्वासघात होइन । संविधानमाथिको मात्र पनि होइन । जनमतको पनि घोर अपमान हो भन्ने हाम्रो ठहर छ ।” उनले जनताको विश्वासघात गर्ने र सानातिना कुरा देखाएर हिँड्ने कुरालाई राजनीतिक बेइमानी भनिने पनि बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय