site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासमिति बैठकमा धर्मको नाममा हस्ताक्षर अभियानले कांग्रेसको चरित्रमा प्रश्न : प्रचण्ड 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किन गठबन्धन साझेदार परिवर्तन गर्नुपरेको भनेर स्पष्टीकरण दिएका छन् । उनले नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार नभएको आरोप लगाए । 

संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ गठबन्धनको निन्दा भएको र माओवादीमाथि आक्रमण भएको बताए । “निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेमौसमको मानमर्दन र कतैबाट पनि राजनीतिक मान्न सकिएन,” उनले भने, “महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मको नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले कांग्रेसको संविधान प्रतिवद्धतामाथि पनि एक हदसम्म प्रश्न उठाउने ठाउँ बनायो ।” 

उनले राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन त्यसलाई विद्रोह गर्दै २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन बढ्दा यसले थप शंका पैदा गरेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्