site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्यूएफएक्सका सञ्चालक भन्छन्– तीनवटा सिनेमा जुधाउँदा मेकर र वितरकले किन केही सोचेनन् ?

काठमाडौं । नेपालकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनका सञ्चालक भाष्कर ढुंगानाले सिनेमाको मेरिटका आधारमा हलमा शो पाउने बताएका छन् । शो वितरणमा मेकर तथा विभिन्न पक्षबाट असन्तुष्टि आएपछि क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्करले सिनेमा कस्तो छ त्यसका आधारमा शो उपलब्ध हुने बताएका हुन् ।  

सिनेमाको निर्देशक र निर्माता को हो ? कलाकार को छ ? पब्लिसिटी र त्यसको असरको ट्रयाकरेकर्डका आधारमा शो उपलब्ध हुने गरेको उनले स्पष्ट पारेका छन् । 

Dabur Nepal
NIC Asia

नेपाली र हिन्दी सिनेमलाई शो वितरण गराउने आधार पनि यही भएको उनको भनाइ छ । एकै हप्ता दुई वा शोभन्दा धेरै नेपाली चलचित्र रिलिज हुँदा अपेक्षित शो उपलब्ध गराउन नसकिएको भाष्करले बताएका छन् । 

“या हप्त नेपाली सिनेमा धेरै भएर सबैलाई सोचेको जस्तो शो दिन मिलेन । निर्माताहरू र उनका वितरकले तीन÷तीनवटा सिनेमा जुधाउँदा कस्तो समस्या हुन्छ भन्ने वास्ता नगरेर पनि यो समस्या आएको हो,” भाष्कर सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “शोहरू विकेन्डको पफर्मेन्स र त्यसको ट्रेन्ड हेरेर निर्धारण हुने हो । अगस्त्यको शो अहिलेको सन्दर्भमा ठिक हो भन्ने लाग्छ । डिल डेको अकुपेन्सी हेरेर मिसक्यालकुलेट नगर्न आग्रह छ ।” 

तीनवटा सिनेमा एकै दिन रिलिज नभएको भए ‘रंगेली’लाई केही बढी शो दिन सकिने उनको भनाइ छ । हिन्दी र नेपाली सिनेको शो शुक्रबारको पफर्मेन्स हेरेर मिलाउने प्रयास गर्ने पनि भाष्करले बताएका छन् । 

आफ्नो सिनेमालाई शो धेरै दिएको सन्दर्भमा उनले प्रष्टिकरण दिँदै भनेका छन्, “ सुन्तली बारेमा मैले सकेसम्म फिल्म नभएको बेलामा कसैसँग नजुदाउँने गरी रिलिज गरेको थिएँ । नचलेपछि मैले नै सबै हलमा उतार्न र शो घटाउन अनुरोध गरेको थिएँ ।”  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro