site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१५ वर्षीया किशोरीसँग ३८ वर्षीय विवाहित पुरुषको प्रेम, विवाह गर्न नमान्दा गरे हत्या !
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङमा सामाजिक सञ्जालबाट सुरु भएको प्रेम हत्यामा पुगेर टुंगिएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामा टोलमा बस्दै आएकी १५ वर्षीया किशोरीको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको हो ।

प्रहरीका अनुसार सोमबार राति स्थानीय ज्ञानमति थुलुङ राईको शौचालय जाने क्रममा धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।

के हो घटना ?

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार सोमबार राति १० बजेतिर ज्ञानमति राति शौचालय जाँदै थिइन् । त्यति नै बेला उनको हत्या भएको हो । उनीमाथि पछाडिबाट आक्रमण भएको थियो । आफन्तले उनी चित्याएको आवाज सुनेर हतारहतार निस्किए । तर, त्यतिबेलासम्म राई अन्तिम सास लिँदै थिइन् । उनको घटनास्थलमै मृत्यु भयो ।

घटनालगत्तै प्रहरीले घटनामा संलग्नको खोजी सुरु गर्‍यो । राति २ बजेतिर घटनामा संलग्न भएको आरोपमा एकजना युवा पक्राउ परे । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई मोरङको ग्रामथान गाउँपालिका बस्दै आएका ३८ वर्षीय धिरेनकुमार खाँ चौधरी छन् ।

Global Ime bank

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनालगत्तै उनी फरार थिए । प्रहरी टोलीले मोरङको बेलबारीको भाउन्नेस्थित जंगलबाट उनलाई पक्राउ गरेको हो ।

किशोरीको परिवारले विवाह गर्न नमान्दा उनको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । “चौधरी र राईबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । केटीको परिवारले विवाह नगरिदिने बुझेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने ।

प्रहरीका अनुसार ज्ञानमतिसँग चौधरीको सामाजिक सञ्जालबाट चिनजान भएको थियो । ज्ञानमतिका परिवारका सदस्यलाई दु:ख दिने उद्देश्यले धिरेनले फेसबुक म्यासेजमा विभिन्न फोटोहरू पठाउँनेथे । त्यतिमात्र होइन उनले ज्ञानमतिको नामबाट फेसबुक, इमो र इन्स्टाग्राम पनि चलाउँथे ।

एकपटक भारत जान लाग्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले नियन्त्रणमा लिएर उनीहरूलाई परिवारको जिम्मासमेत लगाएको थियो ।

आरोपित धिरेन विवाहित हुन् । उनका १४ वर्षका छोरा छन् । उनी तीन महिनायता घरमा गएका थिएनन् । प्रहरीका अनुसार उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारीमा छिन् । 

ज्ञानमति खोटाङको ऐसलुखर्क गाउँपालिका–६ सल्लेकी स्थायी बासिन्दा हुन् । उनी मोरङको पथरी शनिश्चरे नगरपालिका–७ लामा टोलमा मामाको छोरा विनोद राईको घरमा दुई वर्षदेखि बस्दै आएकी थिइन् । उनी त्यहीँको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्थिन् । उनले दाइको होटलमा काम सघाउने गर्थिन् । उनका बुवा दानबहादुर राईको मत्यु भएको थियो ।

प्रहरीले घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान थालिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय