खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ पावर प्लेमा ५० रन पूरा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ६ ओभरको खेल समाप्त हुँदा एक विकेट गुमाएर ५५ रन बनाएको छ ।
हाल नेपालबाट क्रिजमा रहेका आसिफ सेख २९ र कप्तान रोहितकुमार पौडेल ६ रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो ।
ट्वान्टी–२० विश्वकपको तयारीस्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १२:००
प्रतिक्रिया दिनुहोस्