site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन तोडिनुमा कांग्रेसको हठ पनि जिम्मेवार ?
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सोमबार (हिजो)को घटना भने सामान्य नभएको उल्लेख गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)लगायत पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको उनले बताएका छन् । “राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,” उनले ट्विटरमा लेखेका छन्, “कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो ।”

सो गठबन्धन तोडिनुमा कांग्रेस नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने उनको आशंका छ । “यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,” उनले लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्