site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभाव पार्ने सम्भावना छ ?

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजे सुरु हुनेछ ।

यसअघि आइतबार वर्षाका कारण नामिबियासँगको खेल बिनानतिजा टुंगिएपछि त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका निम्ति नेदरल्यान्ड्सले नेपालसँग खेल्ने भएको हो ।

आजको खेल भने वर्षाले प्रभावित हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहे पनि आज काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागको भनाइ छ ।

“आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छैन । काठमाडौंमा अपराह्नपछि बदली हुनेछ । तर वर्षाको सम्भावना छैन,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “बदली भए पनि वर्षा हुँदैन । सामान्य बदली मात्रै हुनेछ । आज हिजो (सोमबार)को जति पनि बदली हुँदैन ।”

काठमाडौंमा आज हुने कुनै गतिविधिलाई वर्षा र मौसमले प्रभाव नपार्ने उनी स्पष्ट पार्छन् । “आज काठमाडौंमा हुने क्रिकेट गेमलाई मौसमले प्रभाव पार्दैन,” उनले भने, “पानी पर्दैन । घाम लाग्छ । सोमबारको भन्दा तापक्रम केही बढ्छ ।”

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro