site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दिदीभाइको कविताकृति सार्वजनिक  
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेकी कान्छी छोरी ज्योति पौडेल र कान्छा छोरा राजीव घिमिरेको कविताकृति सार्वजनिक भएको छ । 

आवरण प्रकाशनले बजारमा ल्याएको कवि ज्योति पौडेलको ‘पेनड्राइभ’ र राजीव घिमिरेको ‘मेराकी’ एक समारोहबीच प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बराल, राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेलगायतले विमोचन गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख अतिथि डा. बरालले ‘पेनड्राइभ’ले लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक अभिव्यक्तिबाट काव्यको ज्योति छर्न सकेको बताए । नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ को चर्चा गर्दै कविमा विषयवस्तुलाई हेर्ने दृष्टिकोण अनौठो रहेको बताए ।

कृतिकार पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले गीत र कविता कोरेको बताइन । घिमिरेले भने आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको बताए । 

Global Ime bank

कार्यक्रममा सहित्यकार हेम भण्डारीले ‘पेनड्राइभ’ र ‘मेराकी’का विषयमा चर्चा गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement