site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, दुईहजार बोरा चिनी र केराउ बरामद

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको सुस्ता गाउँपालिका–१ बरुवमा रहेको एक गोदाममा छापा मारेर ठूलो मात्रामा चिनी र केराउ बरामद गरेको छ । सोमबार साँझ दुई हजार बोरा चिनी र केराउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट अवैधरूपमा ल्याइएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासिबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा गएको ६० जना भन्दा बढीको फौजले गोदाममा छापा मारेको हो ।

सशस्त्र प्रहरीका अनुसार २०० बोरा चिनी र एक हजार ७०० बोरा भन्दा बढी केराउ फेला परेको छ । स्थानीय ज्ञानु अर्यालको घर पछाडि करिब ५० फिट लम्बाइ र ३० फिट चौडाइको टिनको गोदाममा लुकाइराखेको अवस्थामा चिनी र केराउ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

अर्यालले गोदाम भाडामा लगाएको भने पनि भाडामा लिने व्यक्तिको पहिचान हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

ती खाध्य सामग्री ३० र ५० किलोको बोरामा रहेको छ । बोरा ओसार्नका लागि १० वटा भन्दा बढी ट्रक प्रयोग गरिएको छ ।

करिब ४५ लाख मूल्यभन्दा बढीको अनुमान गरिएको चिनी र केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी बुझाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro