site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामी चौँथो ठूलो दलबाट प्रधानमन्त्रीले निकै धेरै अपेक्षा गर्नुभएको छ : स्वर्णिम वाग्ले
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री 'निर्णायक सम्बोधन'का लागि तयार भएपछि आफूहरू सरकारमा सहभागी भएको बताएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जोखिम मोलेर निर्णायक सम्बोधन गर्न खोजेको बताए ।

Dabur Nepal
NIC Asia

"अहिले आर्थिक शिथिलता र कुशासनका केही शृङ्खलाबाट आमनैराश्य समाजमा व्याप्त छ । यसले डेलिभरीको गति पनि, मात्रा पनि, क्वालिटी पनि सबैमा रफ्तारमा जाओस् भन्ने जुन समाजमा अपेक्षा छ । त्यसमा प्रधानमन्त्रीज्यूले अलि गम्भीरतापूर्वक मनन गरेको हामीले पायौँ । उहाँहरूको कुर्सी हल्लिएको थिएन, अर्को ९–१० महिना उहाँ आरामले बस्न सक्नहुन्थ्यो । तर पनि उहाँले जोखिम मोलेर एउटा निर्णायक सम्बोधनतिरै म जानुपर्छ भनेर जुन पहल गर्नुभयो । हामी पनि उदीयमान राष्ट्रिय दलका हिसाबले यसमा सहभागी हुनुपर्छ," उनले भने ।

तर, आफूहरू निश्चित एजेन्डा बोकेर सरकारमा सहभागी भएको उनको भनाइ छ । जनतालाई डेलिभरी दिन नसकेको दिन आफूहरू सरकारबाट बाहिरिने उनको भनाइ छ ।

"पछिल्लो चरणमा प्रधानमन्त्रीज्यूबाट नयाँ ढंगबाट जाऔँ भन्ने आह्वान भयो । मुलुकको सबैभन्दा ठूलो दलसँगको उहाँको साझेदारी टुट्ने अवस्था आयो । हामी चौँथो ठूलो दलबाट उहाँले यति धेरै अपेक्षा गर्नुभएको छ कि उहाँले साझेदारीको हात फैलाउनुभयो," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu