राजनीति
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फेरि बालुवाटार पुगेका छन् । उनी नवगठित सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् ।
यसअघि सोमबार अपराह्नमात्र गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रीहरूले शपथ लिने भएपछि बैठक केहीबेरका लागि रोकिएको थियो ।
सोमबार अपराह्नको बैठकमा सरकारमा अन्य दललाई पनि सहभागी गराउने सहमति भएको थियो । गठबन्धन दलहरूबीच भागबन्डाको सहमति भइसकेको छैन ।
आजै नयाँ गठबन्धनका तीजनाले मन्त्रीको शपथ लिएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १८:२४
प्रतिक्रिया दिनुहोस्