site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय मुगुको सामुदायिक सिँचाइ आयोजना (सीआईपी)का इन्जिनियर महेशसिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाय, सीआईपीका प्राविधिक सर्जनबहादुर शाही, सोरु गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, साविक कालै गाविसका गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेवी शाही कोषाध्यक्ष रुपा शाही र सामाजिक परिचालन संयोजक प्रकाश बुढथापा छन् । दायर गरिएको मुद्दामा सबैसँग २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो दाबी गरिएको छ । 

साविकको कालै गाविस–४ (हाल सोरु गाउँपालिका– ९) स्थित तन्दवाडा–छडा सिँचाइ आयोजनामा लागत अनुमान लुकाई इस्टिमेटअनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । 

Global Ime bank

अनुसन्धान हुँदा इस्टिमेट अनुसारको काम सम्पन्न नभएको अवस्थामा समेत गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी रकम हिनामिना गरेको भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय