site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक : महासचिव विप्लव
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तर्क्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रूपमा जन्मिएको सन्तान भएको बताए । 

Dabur Nepal
NIC Asia

उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए । जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताए । जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको भनाइ छ । 

उनले भने, "संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको रूपमा जन्मिएको सन्तान हो यो । अहिले मान्छेहरूले के भन्छन् भने जनयुद्धलाई त औचित्यहीन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरू अपराधीजस्तो । र अपराधीहरू नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि ।" 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro