site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपामा लामिछानेलाई दिइयो निर्णय लिने अधिकार 
फाइल तस्बिर ।

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सो अधिकार दिइएको हो ।

बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए । त्यसपछि राजनीतिक घटनाक्रमका विषयमा सबैसँग छलफल गर्ने अधिकार लामिछानेलाई दिइएको उनले बताए ।

संसद्को चौथो ठूलो दल भएकाले लोकतान्त्रिक प्रक्रियामा छलफल गर्ने र आवश्यक निर्णय लिने अधिकार दिइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro