site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवि तथा पूर्वसांसद सूयर्माराज राई सम्मानित
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरू पलेँटी साँझद्वारा सम्मानित भएका छन् ।

उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रूपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कला, साहित्य संगीतका क्षेत्रमा गीत, कवितासहितका विधामा साहित्यिक रचनाहरूका माध्यमबाट राईले योगदान दिएको आयोजकको दाबी छ ।

राईले सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भएर समाज रूपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकले जनाएको छ ।

Global Ime bank

उनलाई  ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् । 

२०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उनका फुटकर लेख रचनाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । ‍

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !