site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीमा घमण्ड देखियो : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् । आइतबार संघीय संसद् भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको जिकिर गरे । अर्थमन्त्री डा. प्रकाशशरण महतमा अर्थमन्त्रीले नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

देशको अर्थतन्त्र ओरालो लगाएको र अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको उनको भनाइ छ ।

“यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यसस्तरको सरकार, यसस्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम, कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नु पर्दैन भन्ने लागेको छ,” उनले भने, “त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ न केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पीएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएछ ? अचम्म लाग्छ ।”

उनले थपे, “देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरू फेरि दोहोर्‍याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।”

उनले आइपरे एमाले सत्तामा जाने पनि बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro