site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकमा कारोबार असफल भए एप र वेबसाइटबाट नै रिपोर्ट गर्न मिल्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएमा मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत असफल भएको कारोबारलाई रिपोर्ट गरी त्यसको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने बैंकले जनाएको छ । त्यसलगतै असफल कारोबारको समस्या समाधानपछि रकम फिर्ता भएको जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने छ ।

Argakhachi Cement Island Ad

असफल डिजिटल कारोबारहरू जहाँ कहीँ बसेर बैंकमा जानकारी गराई रकम खातामा फिर्ता लिनका लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यो सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्ने छन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्