site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काठमाडौंमा तास खेलिरहेका सातजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजु, लोकतान्त्रिक चोकनजिक तास खेलिरहेका सातजना पक्राउ परेका छन् । त्यहाँस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्दै आएका म्याग्दीको धौलागिरि नगरपालिका–७ का ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत सातजना छन् । शनिबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नगद ५० हजार ५६५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता, कास्कीको पोखरा महानगरपालिका–८, सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर नगरपालिका–१ का ४० वर्षीय रमेश साह समेत ६ जना छन् ।

Global Ime bank

शनिबार बेलुका उनीहरूलाई नगद एक लाख ४० हजार ४५० नेपाली रुपैयाँ, तीन हजार २०० भारु र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement