site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘वाम किल्ला’ इलाम–२ : टिकटको दौडधुपमा ठूला दल, रास्वपाले खटायो ६ सांसद 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुवास नेम्वाङ्ग दिवंगत भएपश्चात् इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनको तयारी भएको छ ।  निर्वाचन अयोगले वैशाख १५ लाई उपनिर्वाचनको मिति घोषणा गरेको छ । 

राष्ट्रिय स्वतनत्र पार्टीबाहेक अन्य राजनीतिक दलहरूलाई उपनिर्वाचन लागिहालेको देखिँदैन । तर, मुख्य दलबाट राजनीति गरिरहेकाहरु भने टिकट आफूले पाउनुपर्छ भन्दै दौडधुपमा लागेका छन् । 

‘वाम किल्ला’ मानिने इलाममा उपनिर्वाचनले नयाँ सकेत दिन्छ वा सोही भाष्यलाई निरन्तरता दिन्छ भन्ने प्रश्न अहम् छ ।  विशेष गरेर यहाँ कुन दलले कसलाई उमेदवार बनाउँछ भन्ने चासो छ । अझ तनहुँले स्वर्णिम वाग्लेलाई जिताएर दिएको उपनिर्वाचनको सन्देशलाई रास्वपाले निरन्तरता दिन सक्छ वा सक्दैन भन्ने कौतुहलता पनि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यहाँ एमालेले स्व. नेता नेम्वाङ्गको उत्तराधिकारी कसलाई बनाउछ भन्ने चासो बढी छ ।

उक्त चासो बढी एमाले वृत्तमै छ । 

Global Ime bank

धेरै व्यक्तिहरुको नाम आएका छन् । सुवास नरहेपछि जिल्लामा अहिलेसम्म त्याग गरेका नेतालाई अवसर दिनुपर्ने कतिपयको टिप्पणी छ । यसका लागि पार्टी जिल्ला उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा. देवी क्षेत्री दुलाल, गएको निर्वाचनमा प्रदेश सभामा पराजित नेता गणेश बराल, क्षेत्रीय इन्चार्ज बुद्धि खनाल र युवा नेता रवीन्द्र सुवेदी उमेदवार बन्ने दौडमा छन् । उनीहरुले आ–आफ्नो ढंगबाट टिकटका लागि लबिइङ गरिरहेका छन् । 

तर, एमालेमा गहन बहस भने सुवास पुत्र सुहाङको छ । उनी नै निर्वाचन लड्न चाहेको बुझाइमा केन्द्रीय नेताहरू छन् । एक ‘सेन्टिमेन्टल’ भोट र अर्को युवा भएकाले उनलाई टिकट दिनुपर्ने बुझाइ पनि एमालेवृत्तमा छ ।

“सुहाङले उठ्ने चाहना गरेको पाइएको छ । पार्टीले भने निर्णय गरिसकेको छैन । अरु वा कसलाई दिने थाहा छैन । उनलाई दिने सम्भावना पनि छ,” एक केन्द्रीय नेता भन्छन् ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत टिकट पाउने सम्भावना छैन । अझ पार्टीभित्र गुटउपगुट नभएकाले पनि ओलीले जसलाई भने उसैले टिकट पाउने भएकाले अहिले छलफल नभएको ती नेताले बताए । 

कांग्रेसभित्र पनि दौडधुप 

गुटीय राजनीति तीव्र हुने कांग्रेसमा चारजना आकांक्षी टिकटका लागि दौडिएका छन् ।  कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेता भेषराज आचार्य, केदार थापा र नगेन्द्र कुमाल आकांक्षी हुन् । 

सभापति खड्का गएको निर्वाचनमा पराजित भएका हुन् ।  गठबन्धनबाट चुनाव लडे पनि खड्काले निर्वाचन जित्न सकेनन् । त्यसैले आफू स्वाभाविक उमेदवार भएको उनी बताउँछन् । खड्का सभापति देउवा निकट नेता हुन् । 

यस्तै पार्टीबाट अर्का आकांक्षी हुन् भेषराज आचार्य । आचार्य संस्थापन इतर नेता मानिन्छन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका उनले ‘अवसर नपाएको’ सेन्टिमेन्ट छ । 

उनी दोस्रो संविधानसभा निर्वाचन लडेका थिए । त्यसबखत उनी करिब २२ सय मतले पराजित भएका थिए ।  यस्तै, जिल्लामा संस्थापन अर्थात् देउवा टिमबाटै केशव थापाको पनि चर्चा छ । थापा र खड्काबीच को संस्थापन टिमको हो भन्ने लडाईं जारी छ । 

थापा २०७४ को निर्वाचनमा सुवाससँग पराजित भएका थिए । यस्तै पार्टीबाटै अर्को नाम संविधानसभा सदस्य नगेन्द्र कुमालको पनि चर्चा छ । उनी पनि चुनाव लड्नका लागि टिकटको दौडधुपमा छन् । 

“इलाममा तलको मत भेषराजले तान्न सक्ने देखिन्छ । उनले टिकट पाए जित्ने अवस्था रहन्छ,” इलाम कांग्रेसका एक नेताले भने, “सभापति र अघिल्लोपटक हारेकाले पनि डम्बर स्वाभाविक उमेदवार हुन् । उनकै टिमबाट केशव थापा पनि छन् ।”

माओवादीबाट यस्ता छन् चर्चाको पात्र 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) बाट पनि टिकटमा आकांक्षीको लर्को राम्रै छ ।  माओवादीबाट नेता धिरेन्द्र शर्मा (रमन)को नाम पहिलो चर्चामा छ । उनी पूर्व प्रदेशसभा सदस्यसमेत हुन् । 

यस्तै जिल्ला अध्यक्ष विजय राई टिकटको दौडमा छन् । पार्टीबाट नेताहरू हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईका नाम चर्चामा रहेको माओवादी नेताहरू बताउँछन् । 

निर्वाचन क्षेत्र डुल्दै रास्वपा 

नयाँ दल रास्वपा यतिबेला उमेदवारको खोजीमा छ । उमेदवार खोज्न र माहोल बुझ्न रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका छन् । रास्वपाले, इलाम–२ का ६ वटा स्थानीय तहका नागरिकसँग संवाद गर्न भन्दै सांसदहरुलाई खटाएको छ । रास्वपाले केन्द्रीय सदस्यसमेत रहेका सांसदहरुलाई निर्वाचन लक्षित मिसनमा पठाएको हो । 

पार्टीले सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा चुनावी अभियानमा खटाएको छ ।

“पहिले तलबाट रिपोर्टिङ आउँछ । अनि कसरी कसलाई टिकट दिँदा हाम्रो हामीलाई सहज हुन्छ भनेर निर्णय गर्छौं र टिकट वितरण हुन्छ,” केन्द्रीय सदस्य गणेश कार्कीले भने । 

यस्तो छ २०७९ को मत 

इलाम २ मा स्व. नेम्वाङ २०५६ सालयता विजयी हुँदै आएका हुन् । उनको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । विकासको हिसाबले पछि परेको यो क्षेत्रमा किरात धर्मगुरुको आशीर्वाद र जातीय मतले पनि धेरथोर प्रभाव पार्ने गरेको छ । 

२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ सुवास नेम्वाङ्गले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।  रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यहाँ नेम्वाङले ११४ मतले चुनाव जितेका थिए । 

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।  गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्र पार्टीले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement