site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दशरथ रंगशाला खेल्नलायक नभएपछि बहराइन नेपाल नआउने 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणको खेलका लागि बहराइनले नेपालमा नखेल्ने भएको छ । दोस्रो चरणको खेल आयोजना हुने तय भएकको दशरथ रंगशालाको स्थिति नाजुक रहेकाले बहराइनले नेपाल भ्रमण नगर्ने भएको हो ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गर्दै विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको 'होम गेम' नेपालमा नहुने पुष्टि गरेको छ ।

Dabur Nepal
NIC Asia

“अन्य धेरै खेलकुद र अन्य गतिविधि कारण र मैदानलाई ठिक बनाउन लाग्ने समयका आधारमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला विश्वकप छनोटको खेल आयोजनाका लागि असन्तोषजनक रहेको छ । एएफसीले जानकारी गराएको यो निर्णय फेब्रुअरीमा भएको एएफसी प्रतिनिधिको मैदान अवलोकनपछि भएको हो,” एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घरेलु मैदान विश्वकप छनोट खेल्नलायक नभएपछि एन्फाले ‘तटस्थ’ देश र मैदानबारे चाँडै नै जानकारी गराउने बताएको छ ।

नेपालले मार्च २१ मा घरेलु मैदानमा बहराइनसँग 'होम गेम' खेल्ने तालिका थियो । यसपछि नेपालले मार्च २७ मा अवे खेलका लागि बहराइनको भ्रमण गर्ने तालिका छ ।

समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) र यमनसँग हार बेहोरेको थियो ।

Notice-of-NFA-1709296099.png
 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro