site stats
बाह्रखरी :: Baahrakhari
देश
टोखाको जंगलमा २० वर्षीय युवाले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास
प्रतिकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका थिए । शरीरको ७० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।

महाराजगञ्जस्थित टिचिङ अपस्तालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बर्न सेन्टर कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्