site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारका कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको अर्यालको आरोप 
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण उक्त सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको बताए । 

उपसभापति अर्यालले सरकारले उक्त सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको बताए । 

उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी  सुरुङमार्गको निर्माण कार्य सुरु गराउन सरकारको ध्यानाकर्षण गराए । सरकारले उक्त सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो । तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाइ छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro