site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘एकल व्यक्तित्व समाज’को स्थापना

काठमाडौं । एकल व्यक्तित्वको हक हितका लागि विभिन्न किसिमका कार्य गर्ने दृष्टिकोणकासाथ स्थापित ‘एकल व्यक्तित्व समाज’ विधिवत रूपमा सञ्चालनमा आएको छ । 

बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संस्थाको उद्घाटन गर्दै समाजद्वारा प्रकाशित स्मारिका ‘अभिवादन’ को विमोचन गरिन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नयाँ सोचकासाथ स्थापित यस संस्थामा परिपक्व व्यक्तिहरू रहेकाले तिनले संस्था र एकल व्यक्तित्वको हितमा काम गर्ने विश्वास व्यक्त गरिन् । उनले आउने पिँढीलाई यस संस्थाबाट हुने कामले केही सिकाउँदै अभिप्रेरित गर्ने बताइन् ।  

समाजका अध्यक्ष कपिल लोहनीले कुनै पनि रूपमा एकल रहेका व्यक्तित्वहरूको हितमा समाजले काम गर्ने बताए । उनले संस्थाबाट गर्न खोजिएका कामका विषयमा पनि जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu