site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहरी ऐन छिटो पारित गर्न महासंघको माग
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालनका निम्ति कानुन बनाई चाँडो कार्यान्वयनमा ल्याउन माग गरेको छ । शनिबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर महासंघका पदाधिकारीले यस्तो माग गरेका हुन् ।

भेटबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले सहरी ऐन छिटोभन्दा छिटो पारित गर्न माग गरिएको बताए । उनले काठमाडौं उपत्यका विकास प्राधिकरणले ‘ल्यान्ड पुलिङ’को काम गरिरहेको भन्दै त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउन आग्रह गरिएको जानकारी दिए ।

टुक्रे आयोजना निष्क्रिय गरेर ठूलामा निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन पनि माग गरिएको उनले बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro