site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भए पनि कार्यकारीको इच्छाअनुसार चल्ने गरेको देखिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कार्यकारी शक्ति हुनेहरूले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए । राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान प्रयोग भएको उनको भनाइ छ ।

महामन्त्री थापाले राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठेरो भएको विषयमा जानकारी दिन आग्रह गरे । महामन्त्री थापाले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम गरेको पनि आरोप लगाए ।

Global Ime bank

"राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान प्रयोग भएका उदाहरणहरू र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन," थापाले भने ।

उनले सम्पत्ति शुद्धीकरण विभागले 'टाक्स फोर्स'ले दिएको सुझावबमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय