site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभालाई सरकारले हेप्यो : सांसद पौड्याल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रियसभालाई सरकारले बेवास्ता गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिँदा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेको उनले उल्लेख गरिन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरूले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भनी उनले प्रश्न गरिन् ।

“...कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ । आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो, किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता,” उनले भनिन्, “उहाँ हुनु हुन्न । उहाँसँगै विशिष्ट कर्मचारीहरू पनि हुनु हुन्न । यो भनेको राष्ट्रियसभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रियसभालाई भन्ने महसुस भयो । मेरो नियमापत्ति, विरोध नै हो । सरकारले चेतोस् ।”

सुरु गरिसकेका आयोजना पूरा गर्नेतर्फ बजेट र कार्यक्रमको ध्यान जानुपर्ने उनले बताइन् । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro