site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छ : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, “राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहे पनि यसमा सहमति जुट्छ ।”

Argakhachi Cement Island Ad

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे । केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ । 

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्