site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पलको ‘ड्राइभरलेस’ कार बनाउने योजना बन्द, कर्मचारी हटाउने तयारी 

काठमाडौं । एप्पलले ‘ड्राइभरलेस’ विद्युतीय कार बनाउने लामो समयदेखि चर्चामा रहेको ‘प्रोजेक्ट टाइटन’ अन्त्य गरेको छ । कम्पनीले मंगलबार आन्तरिक रूपमा दसौँ अर्ब अमेरिकी डलर खर्च गरेको योजना अन्त्य गर्ने निर्णयको जानकारी गराएको हो ।

अरु कार निर्माताहरूलाई टक्कर दिने किसिमले गोप्य रूपमा रहेको यो योजनामा काम गरिरहेका करिब दुई हजार कर्मचारीलाई एप्पलले जेनेरेटिभ एआईमा सार्ने भएको छ ।

एप्पलका प्रमुख अपरेटिङ अफिसर जेफ विलियम्स र योजनाका उपाध्यक्ष केभिन लिन्चले परियोजना बन्द भएको कर्मचारीलाई बताएका हुन् । कम्पनीले यसमा काम गरिरहेका कर्मचारीलाई हटाउने तयारी पनि गरेको छ ।

सन् २०१७ मा एप्पलका सीईओ टिम कुकले चालकविहीन कारमा कम्पनीले काम गरिरहेको भनेका थिए । पहिलोपटक प्रोजेक्ट टाइटन सुरु गरेको एक दशकपछि एप्पल फेरि पूरानै अवस्थामा फर्केको हो ।

एप्पलले यस वर्ष जेनेरेटिभ एआईका क्षेत्रमा नयाँ उचाई हात पार्ने सीईओ कुकले भनेका छन् । कार उत्पादन गर्ने योजना अन्त्य गर्दै एप्पल जेनेरेटिभ एआईका क्षेत्र केन्द्रित भएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro