site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ ।  

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्