site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदै छ ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ । “हिउँदे अधिवेशनमा सातवटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ,” प्रवक्ता अर्यालले भनिन् ।

यसअघि, प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

Global Ime bank

प्रदेशसभाका कानुन अधिकृत कुमार रिजालले भोलि दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने जानकारी दिए । कार्यव्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय