देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । प्रधानमन्त्रीसँगै नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रद्धाञ्जली दिन प्रतिष्ठान पुगेका थिए ।
आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षाको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १३:२२
प्रतिक्रिया दिनुहोस्