काठमाडौं । बालबालिकामा दादुरा–रुबेला रोकथामका निम्ति धमाधम खोप लगाउन थालिएको छ । यस वर्षको दादुरा–रुबेलाविरुद्धको खोप कार्यक्रम आइतबारदेखि सुरु गरिएको हो । देशभरका ५७ लाख बालबालिकालक्षित खोप अभियान जारी छ ।
अभियानअन्तर्गत काठमाडौं उपत्यका तीन र तराईका २१ सहित २४ जिल्लामा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन थालिएको छ ।
खोप लगाएपछि खोप केन्द्रमै केही समय आराम गर्न अनुरोध गरिएको छ । खोप लगाएको केही समयपछि हल्का ज्वरो, शरीरमा दादुराजस्तै बिमिरा आउनेलगायत सामान्य लक्षण देखिन सक्ने स्वास्थ्यकर्मीले बालबालिकाका अभिभावकलाई जानकारी गराएका छन् ।
काठमाडौंको बूढानीलकण्ठस्थित कपन, मिलनचोकमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीमा सोमबार पुग्दा बालबालिकालाई स्वास्थ्यकर्मीले धमाधम खोप लगाइरहेका थिए । खोप अभियान आउँदो चैत ७ गतेसम्म सञ्चालन हुनेछ ।
थप तस्बिर हेर्नोस्–