
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा आबद्ध सदस्य राष्ट्रहरूले सामना गर्नु परेका चुनौतीबारे ध्यानाकर्षण गराएका छन् ।
आइतबार डब्ल्यूटीओको ‘१२औँ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्र’लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्ट्रहरूले सामना गर्नु परेका चुनौतीबारे ध्यानाकर्षण गराएका हुन् । मन्त्री रिजालले यसमा आबद्ध सदस्यको क्षमता अभिवृद्धि गर्न प्राविधिक र क्षमता विकास सहयोग जारी राख्न समेत आग्रह गरे ।
त्यसैगरी डब्ल्यूटीओको महत्त्वाकांक्षी सदस्यको लागि सरल र अनुकूल नीति बनाउनु पर्नेमा जोड दिँदै मन्त्री रिजालले विश्व व्यापार संगठनका नयाँ सदस्यहरू कोमोरोस र टिमोर लेस्टेलाई बधाई समेत दिएका छन् ।
यस्तै, भूपरिवेष्टित विकासशील देशहरूको बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार संगठनमा आबद्ध सदस्य राष्ट्रहरूले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह गरे ।