site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ : सांसद रावल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । उनले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको संख्या बढ्दै गएको भन्दै उनले सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको बताइन् । विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको उनको भनाइ थियो । 

उनले भनिन्, "पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको संख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको छ ।"

Global Ime bank

उनले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरूलाई स्वदेशमै रोक्न सकिने बताइन्। 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement