site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदको प्रश्न– ‘सुप्रिमो’ कसैको ‘कम्फरटेबल’ घोडा बनेको हो ? 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुपर्ने अडान कायम राखेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसदले ‘सभामुखको रुलिङलाई सरकारले किन बेवास्ता गरेको ?’ भनी प्रश्न गरे । एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीले कि त राजीनामा नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे ।

KFC Island Ad
NIC Asia

“प्रधानमन्त्रीले आजै भन्नुपर्छ, विवादित मन्त्रीहरूको विषयमा राजीनामा गर्ने कि बर्खास्त गर्ने ? ती मन्त्री हटाइनुपर्छ । सधैँ प्रश्न उठाउने, सरकार नाजवाफ हुने ?,” उनले भने ।

प्रधानमन्त्रीलाई ‘सुप्रिमो’ भनिने भन्दै बास्कोटाले ‘कसको दबाबमा जवाफ नदिएको ?’ भनी प्रश्न गरे ।

“प्रधानमन्त्रीलाई प्रचलित भाषमा सुप्रिमो भन्छन्, को छ उहाँभन्दा माथि ? अरूले लगाएजस्तो कम्फरटेबल घोडा बनेको हो ?,” उनले प्रश्न गरे ।

‘प्रतिपक्षीलाई दोष लगाएर गठबन्धनको झन्डा हल्लाएर सुशासन आउँछ ?’ भनी उनले थप प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro