site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला परेको छ । माछा मार्न गएका पाँचजनामध्ये ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले गएराति पौने १ बजे निकालेको हो । 

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  

“पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजनाको शव सशस्त्र प्रहरीले निकालेको छ । अर्का एकको खोजीकार्य जारी छ,” सहप्रवक्ता थापाले भने । 

४३ वर्षका  रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले  खोजी कार्य जारी राखेको  छ । 

माछा मार्न गएका अन्य तीनजना भने सकुशल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro