site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायाधीशद्वय थपलिया र निरौला पदमुक्त, घुस डिल गरेका कोइरालाको सरुवा

काठमाडौं । न्याय परिषद्को सिफारिसमा दुईजना न्यायाधीश बर्खास्त भएका छन् । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका हुन् ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विचौलियाको रूपमा काम गरेको आरोप लागेको छ । जबरासँग निकट रहेका थपलियामाथि झगडियासँग भेटघाट गरी रकम लिएर उनीहरूकै पक्षमा मुद्दामा फैसला गराएको आरोपसमेत लागेको थियो ।

Dabur Nepal
NIC Asia

न्याय परिषद्‌मा परेको उजुरीमा थपलियाले झगडियासँग रकमको मुलाहिजा गरेको र फैसला प्रभावित बनाएको आरोप थियो । उजुरीसँगै आएका अडियो र कल डिटेल्सका आधारमा उजुरीको छानबिन गर्दा गम्भीर कैफियत देखिएपछि परिषद्ले न्यायाधीश थपलियामाथि विस्तृत छानबिन गर्न न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो । 

जिल्ला अदालत काठमाडौंमा कार्यरत अर्का न्यायाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लागेको थियो ।

व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro