site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनिषाको बयान : होस् गुमेपछि अर्काको शिशु बोकेर हिडेँ, कसरी घर पुगेँ थाहा छैन

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनकी शिशु चोरी गर्ने २४ वर्षीया मनिषा भनिने मनकुमारी सिंहले बेहोसीमा शिशु चोरी गरेको बयान दिएकी छन् ।

प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेकी मनिषाले अस्पताल पुगेपछि आफ्नो होस् गुमेको हुँदा बच्चा बोकेर हिँडेको बयान दिएकी हुन् । प्रहरीसँग सोधपुछका क्रममा उनले भेनेकी छिन्, “अर्काको बच्चा बोकेर कसरी घर पुगेँ । किन गएँ, केही थाहा नै छैन ? मैले बेहोसीमा पुगेर यस्तो गरेँ ।”

बच्चा चोरी भएको १२ घण्टापछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।  मनिषाले काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपलिका–३ घर भई कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठकी शिशुलाई शुक्रबार चोरी गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

त्यही राति काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट शिशुलाई उद्धार गरेको थियो भने उनलाई पक्राउ गरेको हो । उनको खोजीका लागि प्रहरीले लगातार ८ घण्टा लामो अपरेसन चलाएको थियो । 

अस्पतालदेखि मनिषा बस्दै आएकी काँडाघारीसम्मका सीसी क्यामेराका फुटेज अध्ययनपछि शिशुको उद्धार गर्न सफल भएको जानकारी काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री दिए । प्रहरी पुग्दा मनिषा सुत्केरीको बाहना बनाएर घरमा बसेकी थिइन् । उनीबाहेक कोठामा उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीसमेत थिए ।

प्रहरीले उनीहरूलाईसमेत नियन्त्रणमा लिएको थियो । तर, बच्चा चोरीको घटनामा उनीहरूको संलग्नता नदेखिएपछि प्रहरीले नरेन्द्र र शारदालाई शनिबार साँझ छाडिसकेको छ । शनिबार रक्तश्राव भएको बताएपछि प्रहरीले जाँच गर्न सिनामंगल अस्पताल पुर्‍याएको थियो । अस्पतालबाट साँझ नै पुनः थुनामा राखेको छ ।

पीडितले अपहरण तथा शरीर बन्धक मुद्दामा उजुरी दिएपछि मनिषाविरूद्ध आइतबारदेखि अनुसन्धान थालेको छ ।

श्रीमान् अस्पतालमै छोडेर घर पुगिन् मनिषा

प्रहरीको अनुसन्धानका क्रममा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल चेकअपका लागि आउँदा मनिषा र उनका श्रीमान् नरेन्द्र सँगै आएका थिए । तर, मनिषाले अस्पतालको वार्डबाट आफ्नै श्रीमान्ले समेत नदेख्ने गरी उनले सबिनाको २६ दिनको शिशु बोकी भागेकी थिइन् ।

घर पुगेपछि बाटोमा बच्चा जन्माएको भन्दै श्रीमानलाई फोन गरेकी थिइन् । श्रीमान्बाहेक अन्य नातेदारलाई समेत आफूले बच्चा पाएको जानकारी गराएकी थिइन् । शुक्रबार प्रहरी नपुग्दासम्म मनिषाले बच्चा पाएको भन्दै शिशुको मुख हेर्न आफन्तहरूसमेत उनको कोठासम्म पुगेका थिए । मनिषाले दुई वर्षअघि मात्रै नरेन्द्र मल्लसँग प्रेम विवाह गरेकी थिइन् ।

नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । विवाहलगत्तैबाट बच्चाको योजना बनाएका थिए ।  बच्चा नभएपछि मानसिक तनावमासमेत पुगेको आशंका गरिएको छ । नरेन्द्रले पनि श्रीमतीको व्यवहार अस्वाभाविक हुँदै गएको प्रहरीलाई बताएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro