site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार विमानस्थल सञ्चालनमा उदासीन छ ः सांसद आचार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद भीम आचार्यले सरकारले पोखरा भैरहवा विमानस्थल सञ्चालन गर्ने नियत नदेखाएको बताएका छन् । भारतले रुट नदिएको कारण देखाएर सरकार विमानस्थल सञ्चालनमा उदासीन भएको आरोप लगाए । 

आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पोखरा, गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने जिम्मा प्राइभेट कम्पनीलाई दिएकोमा समेत आपत्ति जनाए । “भैरहवा रुट नदिएको साँचो भएता पनि सिमरा, काँकरभिट्टा हिमालय माथिका रुट प्रयोग गरी पूर्वी एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण एसिया लगायतका विमानहरू चलाउन सकिन्छ,” उनले भने ।

उनले वौद्ध धर्मावलम्वी भएका देशहरू लाओस मलेसिया, भियतमान, श्रीलंका जस्ता देशहरूबाट साथै चीन, कोरिया जापान फिलिपिन्स इन्डोनेसिया वौद्ध धर्मावलम्वी भएका देशहरूसँग सम्झौता गरेर हवाई उडान भर्न सकिने र विमानस्थल चलाउन सकिने बताए । उनले यसमा सरकाले कुनै पहल नगरेर त्यसै चल्दैन भन्ने हावादारी कुरा गरेको आरोप लगाए । 

उनले निजीले त्यसै प्लेन चलाउन नसक्ने भन्दै विमानस्थल सञ्चालनका लागि अध्यागमन, भन्सार शुद्धीकरण नगराएको, श्रम कार्यालय व्यवस्थापन नभएको भन्दै विमानस्थलमा प्राइभेट कम्पनी आफैँले हवाई सम्झौता गरेर जहाज ल्याउन नसक्ने भन्दै सरकारले गलत निर्णय गरेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro