site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मानसिक स्वास्थ्यमा सरकारले चासो दिएन : सांसद बराल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । मानसिक समस्याका कारण समाजमा अपराध र आपराधिक घटना बढिरहेको उनले उल्लेख गरिन् । उनले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको बताइन् ।

Dabur Nepal
NIC Asia

“केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै, काठमाडौंमा तीनजनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे,” उनले भनिन्, “आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र आपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”

उनले सूचना, प्रविधि र डिजिटलाइजेसनका कारण सामाजिक समस्या बढिरहेको बताइन् । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro