site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

Argakhachi Cement Island Ad

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्