site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमतीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ओखलढुंगामा आफ्नै श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको आरोपमा उनकै श्रीमान् सिद्धिचरण नगरपालिका–५, बिप्ल्याटेका ४० वर्षीय काजी शेर्पालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

काजीले कुटपिट गर्दा ङिम्किमो गम्भीर घाइते भएकी थिइन् । ओखलढुंगाकै सामुदायिक मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उता, रोल्पामा पनि श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । २८ वर्षीया मनकुमारी बुढाको हत्या गरेको आरोपमा उनकै श्रीमान् माडी गाउँपालिका–१, जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादकपदार्थ सेवन गरेका भीमबहादुरले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मनकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu