site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खनालको ‘घुरको धुँवा’ सार्वजनिक 

काठमाडौं । बाह्रखरीकर्मी एवं लेखक राजेश खनालको संस्मरणको सँगालो ‘घुरको धुँवा’ सार्वजनिक गरिएको छ । उक्त कृति प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रलगायत व्यक्तिले लोकार्पण गरे ।

शनिबार बिहान काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्रा. डा. मिश्रले सँगालोमा समेटिएका संस्मरणले आफूलाई ७० वर्षअगाडिको अवधिमा पुर्‍याएको बताए । उनले भूतकाललाई वर्तमानसँग मात्र नभएर पुस्तकले तराई–मधेससँग जोड्ने काम पनि गरेको उल्लेख गरे ।

कार्यक्रमका अर्का वक्ता संविधानविद् प्रा. डा. विपिन अधिकारीले सार्वजनिक कृति सामाजिक जीवनको परिप्रेक्षमा लेखिएर ल्याइएको बताए । यो संस्मरणकृतिमा मधेसमा प्रयोग गरिने भाषा, संस्कृति, परिवेशलगायत विषयवस्तु प्रस्तुत गरिएको उनले उल्लेख गरे ।

समालोचक प्रा. डा. ज्ञानू पाण्डेले आफूले खनालका फुटकर संस्मरण पढेको चर्चा गरिन् । खनालले उठाएका सन्दर्भसँग आफू पनि जोडिन पुगेको उनले स्मरण गरिन् ।

कृतिकार राजेश खनालले साथीहरूको साथ र हौसलाले नै आफ्ना संस्मरण पुस्तकका रूपमा ल्याउन सकेको बताए ।

कार्यक्रममा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, नारायण घिमिरे, श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेल हरित, देविका तिमिल्सिनाले पनि बोलेका थिए ।

कृति कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले प्रकाशनमा ल्याएको हो । बिक्री–वितरणको जिम्मा स्वदेश प्रकाशनले लिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro