site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विलासिताका वस्तुमा नेपालीको मोह : सात महिनामा ६ अर्बको मेकअप सामग्री आयात
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । विलासिताका वस्तुमा नेपालीको मोह पछिल्लो समय बढ्दै गएको देखिन्छ । विलासिताका वस्तुको आयात बढ्दा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।

भन्सार विभागको तथ्यांकानुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिना (साउनदेखि माघसम्म)मा १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँका स्मार्टफोन नेपाल भित्र्याइएको छ । उक्त मूल्यमा ११ लाख २६ हजार ७४७ थान स्मार्टफोन आयात गरिएको विभागले जनाएको छ ।

यो अवधिमा ६८ हजार ५३९ थान ल्यापटप तथा नोटबुक नेपाल भित्र्याएको छ । सोबापत चार अर्ब ४२ करोड २४ लाख २१ हजार रुपैयाँ बाहिरिएको छ ।

Dabur Nepal
NIC Asia

०८० साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १४ अर्ब ६२ लाख ५६ हजार रुपैयाँको सुन आयात गरेको छ । उक्त मूल्यमा एक हजार ६७० केजी सुन भित्र्याइएको छ । यो अवधिमा २३ करोड ५४ लाख २२ हजार रुपैयाँको सुनका गहना विभिन्न देशबाट नेपाल आयात गरिएको छ ।

विभागका अनुसार पछिल्लो सात महिनामा नेपालले १५ अर्ब ४६ करोड ९१ लाख ११ हजार रुपैयाँभन्दा बढीका कार र जीप आयात गरेको छ । यो अवधिमा विद्युतीय जीप र कार मात्र नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढीको भित्र्याइएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले दुई अर्ब २६ करोड ९६ लाख एक हजार रुपैयाँको विभिन्न प्रकारका मदिरा आयात गरेको छ । यो अवधिमा २९ करोड ९३ लाख ९७ हजार रुपैयाँको वाइन, एक अर्ब ४९ करोड ९३ लाख तीन हजार रुपैयाँको ह्विस्की, एक करोड ५९ लाख ८४ हजार रुपैयाँको जिन र पाँच करोड दुई लाख ८२ हजार रुपैयाँको भोड्का नेपाल भित्र्याइएको छ ।

यो अवधिमा विभिन्न देशबाट ३६ करोड ५२ लाख ९० हजार रुपैयाँका सनग्लास र ६४ करोड ७ लाख ७९ हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गएको साउनदेखि माघसम्म नेपालमा ४७ करोड ६९ लाख ३९ हजार रुपैयाँको विभिन्न प्रकारका क्यामेरा भित्र्याइएको छ । सो समयमा ६५ करोड चार लाख ५१ हजार रुपैयाँको विभिन्न आकारका टेलिभिजन सेट नेपालले आयात गरेको छ ।

नेपालले पछिल्लो सात महिनामा २२ करोड ४८ लाख २४ हजार रुपैयाँभन्दा बढीको विभिन्न प्रकारका वाद्ययन्त्र आयात गरेको छ । यो अवधिमा ३८ करोड ७३ लाख दुई हजार रुपैयाँका लाउडस्पिकर र ३९ करोड चार करोड ४५ लाख रुपैयाँको हेडफोन तथा इयरफोन नेपाल भित्र्याइएको छ ।

विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ८२ करोड १५ लाख ४९ हजार रुपैयाँको विभिन्न फर्निचर आयात गरेको छ । यो अवधिमा दुई अर्ब ६८ करोड ३२ लाख पाँच हजार रुपैयाँको विभिन्न प्रकारका रेफ्रिजेरेटर नेपाल भित्र्याइएको छ ।

नेपालले यो अवधिमा ६ अर्ब रुपैयाँभन्दा बढीको विभिन्न प्रकारका मेकअप सामग्री आयात गरेको विभागले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro