site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानको पूर्ण कार्यान्वयन अहिलेको चुनौती : प्रकाशमान सिंह

ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकात्मक र संघीय सरकारमा के फरक छ भनेर देखाउने भए संघीय कानुन बनाउन जोड दिनुपर्ने बताएका छन् ।

महासमिति बैठक समापनको अवसरमा बिहीबार ललितपुरको गोदावरीमा बोल्दै उनले अहिलेको चुनौती प्राप्त उपलब्धिको संरक्षण र संविधानको पूर्ण कार्यान्वयन भएको बताए । होला र गर्न सकिएला भन्ने खालको प्रश्न खडा भएको भन्दै उनले सबैले सन्देश हाम्रै पालामा हाम्रै नेतृत्वमा कांग्रेसले गर्छ भन्ने दिनुपर्ने बताए । 

“प्राप्त गरेको अधिकार सुरक्षित र संस्थागन गर्दै अहिलेको संविधानलाई कार्यन्वयन गर्न आवश्यक कानुन बनाएर तीन तहको सरकार फुल फेजमा लगेर केन्द्रीकृत र संघीय सरकारमा के फरक छ भनेर स्पष्ट पार्नुछ,” उनले भने । 

नेता सिंहले सर्वोच्च कमान्डर गणेशमान सिंहले अब आर्थिक क्रान्तिको आवश्यकता छ भनेको र त्यहीअनुसार अहिले कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे । सकारात्मक सन्देश दिनुपर्ने र समाजले चाहेको त्यो परिवर्तन गरेर देखाउनुपर्ने उल्लेख गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro