site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गणेश लामाले अपहरण गरेको पुष्टि हुने प्रमाण भेटेन प्रहरीले !
SkywellSkywell

अपहरण गरेको भनिएको होटलमा दुईजना बसेर गरेको कुराकानी 


काठमाडौं । बुधबार साँझयता नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा चर्चामा छन् ।  आपराधिक दुनियाबाट राजनीतिमा होमिएका काभे्रका लामाको विगत भने सम्झन लायक छैन ।

उनीमाथि गुण्डागर्दी फिरौतीजस्ता सयौँ उजुरी प्रहरीमा छन् ।  त्यस्तै उजुरीका आरोपमा उनी दर्जनौँपटक थुना तथा कारागारसम्म पुगे । उनी हाल भने राजनीतिक कर्ममा छन् ।  प्रहरीले गुण्डागर्दीविरुद्ध २०७२ देखि इन्काउन्टर अभियान थालेपछि लामा लगायत दर्जनौँ आपराधिक गतिविधिमा सामेल युवाहरु राजनीतिक दलको ओत लाग्न थालेका हुन् ।

Dabur Nepal
NIC Asia

तर, दुई दिनदेखि लामा फेरि एकाएक चर्चामा आउनुको कारण अपहरणको आरोप लाग्नु हो ।  लामाविरुद्ध अर्का ‘विवादित व्यवसायी’ हेटौडाका ज्ञानेन्द्र खड्काले अपहरण गरेर २० करोड फिरौतीको कागज गराएको आरोप लगाएपछि लामा विवादमा तानिएका हुन् ।

खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै लामा र सहदेव कक्षपतिले आफूलाई अपहरण गरेको दाबी गरेका थिए । खड्काको विज्ञप्मिा दाबी छ, “ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेर मलाई सानेपास्थित लन्डन हाउसमा पुस २३ गते आठ घन्टा बन्धक बनाएर करोडौंको कागज गर्न लगाए ।”

विज्ञप्तिमा आफूमाथि अवैध क्रिप्टो कारोबारी भएको भन्दै त्रासमा पारेर करोडाँैको कागज बनाएको उनको आरोप छ ।  खड्काले अपहरण भएको भनिएको एक महिनापछि माघ २८ मा मात्र उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरीसमेत दिएका थिए ।

अपहरणको आरोपबारे भने लामाले खड्कासँग आर्थिक कारोबार रहेको र त्यही विषयलाई गलत व्याख्या गरेको बताए ।

लामाले बाह्रखरीसित भने, ‘‘खड्कासँग मेरो पुरानो आर्थिक कारोबार थियो । मसँग भेट नगरी भागिरहेको थियो । ऊसँग पुस २३ मा भेट हुँदा आर्थिक विवादबारे प्रहरीमा गएर कुरा गरौँ भन्दा मानेन । खड्का आफैँले हामी बसेर छलफल गरौं भनेपछि बसेका हौँ । अपहरण भन्ने कुरा छैन ।”

के देखियो, प्रहरीको अनुन्धानमा ?

खड्काको उजुरीपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरेको थियो ।  तर, उपत्यका अपराध अनुुसन्धान कार्यालयको अनुसन्धानका क्रममा भने लामाले अपहरण गरेको भन्ने खड्काको आरोप पुष्टि हुने कुनै प्रमाण फेला नपरेको जनाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “अपहरणजस्तो गम्भीर उजुरी आएपछि हामीले अनुुसन्धान थालेका हौँ । तर, उजुरीमा भनिएको जस्तो त्यस्तो कुनै आधार देखिँदैन । हामीले घटना ललितपुरको भएकाले थप अनुसन्धान गर्न ललितपुर प्रहरीलाई पठाएका छौं ।”

प्रहरीले अनुसन्धानका लागि खड्का र लामा बसेको होटलको सीसीटीभी फुटेज पनि हेरेको थियो ।  फुटेजमा लामा र खड्का दुईजनामात्रै होटलमा पुगेको देखिएको छ ।  होटलभित्रको कोठामा पनि उनीहरू छुट्टाछुट्टै कुर्सीमा बसी गफ गरेको देखिएको छ ।

उनीहरू दुवैजना बाहिर निस्कँदा सौहार्दरुपमै बाहिर निस्केको देखिएको छ । त्यसबाहेक उनीहरुले बनाएको लेनदेनको कागजबारे पुष्टिका लागि दुवैजना वडा कार्यालसमेत पुगेको खुलेको छ ।  जसकारण प्रहरी अपहरणको घटना होइन भन्ने निष्कर्षमा पुगेको हो ।

ललितपुर प्रहरीका एसएसपी शेखर खनालले उजुरी भने दर्ता भएको बताए । उनले भने, “हामीले ललितपुर जिल्लाको घटना भएका कारण उजुरी दर्ता गरेका छौं । तर, थप अनुसन्धान गरेर मात्रै अघि बढ्छौं ।”

उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानबाट अपहरण भएको पुष्टि नभएपछि भने खड्काले विज्ञप्ति जारी गरेको खुलेको छ । लामा र खड्काबीच जग्गा कारोबारको विवाद भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

क्रिप्टोबारे सीआईबीको र्‍याकेटमा छन् खड्का

विवादित व्यवसायी खड्कामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध आर्थिक कारोबार क्रिप्टोबारे अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार, खड्का अवैध कारोबारमा जोडिएको सूचना केही महिनाअघि सीआईबीले पाएको थियो । 

सीआईबीले उनको आर्थिक कारोबार र उनीमाथि निगरानी बढाएकै बेला खड्काले लामामाथि अपहरणको आरोप लगाएका हुन् । खड्का आफैले सार्वजनिक गरेको विज्ञप्तिमासमेत क्रिप्टोबारे खुलाएका छन् ।

उनले भनेका छन्, “अपहरण गर्नुको मुख्य कारण मसँग क्रिप्टो र विटक्वाइन छ भन्ने प्रलोभन परेर गरेका हुन् । यदि क्रिप्टो रहेछ भने प्रहरीमा जाने हिम्मत गर्दैन भनी अपहरणको योजना बनाए ।”

उसो त, खड्का २४/२५ वर्ष अघिदेखि ठगी धन्दामा लागेको रेकर्ड प्रहरीको छ ।  पाल्पामा विदेश पठाउने भन्दै ठगी गरेको मुद्दा अदालतसम्म पुगेको खुलेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu